काठमाडौं सरुवा भएका एसपी भट्टराईकाे बाटाेमै काज फिर्ता

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएर काठमाडौं आउन लागेका प्रहरी उपरिक्षक (एसपी) सानुराम भट्टराई बाटैबाट फर्काइएका छन् । प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले एसपी भट्टराईलाई काजमा काठमाडौं प्रहरी परिसर पठाउने निर्णय गरेको थिए तर विवादास्पद पृष्ठभुमी रहेको भन्दै उनको सरुवा रद्ध गरेको उच्च स्रोतको दाबी छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओ रहेका भट्टराई एसपीमा बढुवा भएपछि झापामा पुगेका थिए । केपी ओलीकै पालामा बढुवा भएको र ओलीकै जिल्लामा सरुवा भएका उनलाई काठमाडौं पठाउने निर्णय गरेको थियो तर उनि केपी ओली निकट रहेको भन्दै काठमाडौं परिसर आउनुपुर्व उनको सरुवा रद्ध गरिएको हो ।
काठमाडौं प्रहरी परिसरमा हाल एसपी दिनेशराज मैनाली कार्यरत छन् । मुद्दाको चाप बढी हुने र अप्रेशनको काम पनि धेरै हुने भएकाले एक जना एसपीले मात्रै हेर्न नभ्याउने भएकाले दुई जना एसपी राख्न लागिएको थियो ।
सोही अवस्थालाई मध्यनजर गर्दै भट्टराईलाई काठमाडौं पठाउने निर्णय गरिएको थियो तर केपी ओली निकट रहेको भन्दै उनलाई काठमाडौं आउनुअगावै काज रद्द गरिएकाे स्रोतको दावी छ । उनको ठाउमा अरुलाई नै ल्याउने कसरत जारी छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया