काठमाडौं सरुवा भएका एसपी भट्टराईकाे बाटाेमै काज फिर्ता

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएर काठमाडौं आउन लागेका प्रहरी उपरिक्षक (एसपी) सानुराम भट्टराई बाटैबाट फर्काइएका छन् । प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले एसपी भट्टराईलाई काजमा काठमाडौं प्रहरी परिसर पठाउने निर्णय गरेको थिए तर विवादास्पद पृष्ठभुमी रहेको भन्दै उनको सरुवा रद्ध गरेको उच्च स्रोतको दाबी छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओ रहेका भट्टराई एसपीमा बढुवा भएपछि झापामा पुगेका थिए । केपी ओलीकै पालामा बढुवा भएको र ओलीकै जिल्लामा सरुवा भएका उनलाई काठमाडौं पठाउने निर्णय गरेको थियो तर उनि केपी ओली निकट रहेको भन्दै काठमाडौं परिसर आउनुपुर्व उनको सरुवा रद्ध गरिएको हो ।
काठमाडौं प्रहरी परिसरमा हाल एसपी दिनेशराज मैनाली कार्यरत छन् । मुद्दाको चाप बढी हुने र अप्रेशनको काम पनि धेरै हुने भएकाले एक जना एसपीले मात्रै हेर्न नभ्याउने भएकाले दुई जना एसपी राख्न लागिएको थियो ।
सोही अवस्थालाई मध्यनजर गर्दै भट्टराईलाई काठमाडौं पठाउने निर्णय गरिएको थियो तर केपी ओली निकट रहेको भन्दै उनलाई काठमाडौं आउनुअगावै काज रद्द गरिएकाे स्रोतको दावी छ । उनको ठाउमा अरुलाई नै ल्याउने कसरत जारी छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया