तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु

अछाम ।अछाममा तीर्थ गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका-६ का हरिप्रसाद भण्डारीका छोरा करिब ५२ वर्षका वेदप्रसाद भण्डारीको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।
मङ्गलसेन नगरपालिका-३ मा कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले बताए । बुधबार दिउँसो करिब ३ बजेको समयमा डुबेर मृत्यु भएको घटनास्थलमा रहेका बालकृष्ण भण्डारीले जानकारी दिए ।
मृतक भण्डारी पूर्व शिक्षक तथा पूर्व प्रधानपञ्चसमेत हुन् । स्थानीय गंगा माद्यामिक विद्यालयका पूर्व प्रधानाध्यापकका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थिए ।
हाल ठुलासैन बजारमा व्यापार व्यवसाय गर्दै आएका भण्डारीको निधनले सिंगो गाउँ शोकमा परेको छ । तीर्थ जान भन्दै मंगलबार घरबाट हिँडेमा भण्डारीसहित गाउँबाट करिब ३०/४० जनाको टोली आज तीर्थस्थल जिमराडीमा पुगेको थियो । उनलाई बचाउन गएका अन्य दुई जना सामान्य घाइते भएका जनाइएको छ ।
उक्त स्थानमा गत चैत्र ३ गते मलामी गएका मङ्गलसेन ३ लाछिमानाका करिब २८ वर्षका पुरुष मीन बहादुर ढोलीको पनि अस्तु सेलाउने क्रममा डुबेर मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक गंगादत्त बडूको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ ।
















दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया