जापानकी माकोः कुनै समयकी राजकुमारी अहिले संग्रहालयमा स्वंयसेवक

टोकियो । प्रेमको कुनै सीमा हुन्न भन्ने भनाई जापानकी पूर्वराजकुमारी माकोका लागि मेल खान सक्छ । उनी अहिले न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा स्वंयमसेवकको रुपमा काम गर्छिन् ।
३० वर्षीया माको पूर्वराजकुमारीले उपाधि त्यागेकी थिइन् र ‘सामान्य’ प्रेमी केई कोमुरोसँग विवाह गर्न अमेरिका गएकी थिइन् । प्रेमीसँग विवाहका लागि नै उनले उपाधि र राजपरिबारका सम्पूर्ण सुविधा त्यागेकी थिइन् ।
उनी म्युजियमको एसियाली कला संग्रहमा काम गरिरहेकी छिन् । जापान टाइम्सका अनुसार पूर्वराजकुमारीले जापानमा बुद्ध धर्मको परिचय दिने १३औं शताब्दीका भिक्षुको जीवनबाट प्रेरित भएको चित्रकलाको प्रदर्शनीका लागि प्रयास गरिरहेकी छिन् ।
माकोले स्कटल्याण्डको एडिनबर्ग विश्वविद्यालयमा कला इतिहासको अध्ययन गरेकी थिइन् । सन् २०१६ मा उनले बेलायतको लिसेस्टर विश्वविद्यालयबाट कला संग्रहालय र ग्यालरी अध्ययनमा स्नातकोत्तर गरेकी थिइन् ।
‘उनी योग्य छिन् । यस कामका लागि धेरै तयारीको आवश्यकता पर्दछ र प्रायः पुस्तकालयमा धेरै समय खर्च गर्नुपर्छ’, एक पूर्व–मेट क्युरेटरले राजकुमारीको कामको बारेमा भने ।
















ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
नेपाल अमेरिकासँग पराजित
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया