मंगलबार, माघ ६, २०८२

सशस्त्रको प्रवक्तामा डीआईजी विदुर खड्का

मेरोन्यूज २०७९ वैशाख १ गते १४:५४

काठमाडौं । डीआईजी विदुर खड्काले सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

Advertisement
thakur moters insidethakur moters inside

हालै मात्रै सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएका पुष्पराम केसीले खड्कालाई प्रवक्ता नियुक्त गरेका हुन् । खड्का केही दिनअघि मात्रै डीआईजीमा बढुवा भएका थिए ।

यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरीको प्रवक्ता थिए ।

सशस्त्र प्रहरीसँग सम्बन्धित सूचना र जानकारीका लागि ९८५१२७२००७ मा सम्पर्क राख्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया