सोमबार, पुष १४, २०८२

थप ४ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम

मेरोन्यूज २०७९ वैशाख १ गते १७:३३

काठमाडौँ । पछिल्लो २४ घण्टामा जम्मा ४ जनामा मात्रै कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । कूल तीन हजार ३४२ जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४४ जना संक्रमण मुक्त भएका छन् । यस्तै, आज कोरोनाबाट कसैको निधन भएको छैन ।

मन्त्रालयका अनुसार हाल देशभर कूल चार सय ७९ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया