मंगलबार, माघ १३, २०८२

विराटनगरबाट १२० केजी गाँजा फेला

मेरोन्यूज २०७९ वैशाख १ गते १७:३९

मोरङ । जिल्लाको विराटनगर महानगरपालिका १८ फोरलाईनस्थित सडकमा को. १ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब एक सय २० केजी अवैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

बुधबार राति उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । फोरलाइनस्थित सडकमा पिकप भ्यान रोकी चालक फरार भएपछि इलाका प्रहरी कार्यालय बुद्धनगरबाट खटिएको प्रहरीले भ्यानको तालसी लिएको थियो ।

तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया