मंगलबार, माघ १३, २०८२

काठमाडौँको मेयरमा एमालेबाट पूर्व मन्त्रीको नामसमेत सिफारिस

मेरोन्यूज २०७९ वैशाख १ गते २०:५५

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट पाँच जनाको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँच जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो । शाक्य हालका मेयर हुन् । स्थापित पूर्व मेयर हुन् ।

त्यस्तै, मानन्धर काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य र पूर्व राज्यमन्त्रीसमेत हुन् । पन्त भने एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य हुन् ।

प्रतिक्रिया