यी हुन् मन्त्रिपरिषद बैठकले गरेका सात निर्णय

काठमाडौं । सरकारले गत चैत ३० मा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त बैठकले गरेका सात वटा निर्णयहरू सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलिन डलर अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने बैठकले निर्णय गरेको छ।
त्यसैगरी फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
साथै मायादेवी गाउँपालिका र कर्जन्हा नगरपालिकालाई प्रशासकीय भवन बनाउन सार्वजनिक जग्गा प्रयोग गर्न अनुमति दिने निर्णय पनि गरेको छ ।

















राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया