नेपालले जिम्बाब्बे ‘ए’ सँग खेल्ने
मेरोन्यूज
२०७९ वैशाख २ गते १५:३२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी-२० शृंखला खेल्ने भएको छ ।
घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मेसम्म चल्नेछ । नेपालले जिम्बाब्वे ‘ए’ सँग सुरुमा एकदिवसीय शृंखला खेल्नेछ । जुन ३० अप्रिलदेखि ४ मे सम्म चल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
यस्तै, टी-२० शृंखला ६ देखि ९ मेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
यसअघि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी) सँग दुई खेलको एकदिवसीय र पिएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी-२० शृंखला खेलेको थियो ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया