पालिकाहरुमा जनप्रतिनिधि बन्न युवाको आकांक्षा बढ्दाे

महोत्तरी । धेरै पालिकाहरुमा युवाहरुले जनप्रतिनिधि बन्न आकांक्षाा देखाएका छन । ३५ वर्षभन्दा मुनिका युवाहरुको जनप्रतिनिधि वन्न देखिएको दौडधुपले महोत्तरीमा रौनक देखिएको छ ।
बर्दिबास नगरपालिकाका वडा-१ का अध्यक्षका अाकांक्षी निरज अधिकारी र सौरभ खडका यसपालीको सत्ता सञ्चालन युवाहरुले गर्नुपर्ने बताउँछन् । पाटीभित्र अग्रज धेरै भएपनि युवाहरुले सकारात्मक सोच र समृद्धिका लागि नवीन योजना बनाउन सक्ने उनीहरुको भनाइ छ ।
`पार्टीले युवाहरुलाइ अग्रसर बनाएर नयाँ राजनैतिक धारको बिकास गर्नुछ भने विकासका आधारहरु तयार गरेर रोजगारी सिर्जना गर्नु छ´ , उनीहरु दुबैकाे साझा भनाइ छ । त्यस्तै बर्दिबास-१०, ११ तथा वडा न.३ मा पनि युवाहरुले वडा अध्यक्षका लागि दाबी गरेका छन्। वडा न.३ का गणेश बस्नेत, पुर्ण वहादुर, नर वहादुर खनाललगायतले अाकांक्षा देखाएका छन ।
अकांक्षीहरुमध्ये छोटो समयमा नै राजनीतिक भूमिकाबाट छुट्टै छाप छोडन सफल युवा नेता गणेश बस्नेतको निक्कै चर्चा छ । स्थानीयले पार्टीभन्दा पनि ब्यक्तिकाे क्षमता र सोचलाइ हेरेर आफ्नो मत प्रयोग गर्ने वताइरहेको वेला युवा सहभागीतालाइ महत्वपूर्ण ढंगले हेरिएको छ ।
त्यस्तै अन्य वडाका युवाहरुले पनि अकाङक्षा देखाएका छन । पाटीले युवा सहभागीतालाइ जोड दिने वताइरहेको वेला युवाहरुको आकर्षणले सकारात्मक सन्देश प्रवाह गरिरहेको स्थानीय बताउँछन् ।
राजनैतिक संस्कारलाइ परिवर्तन गर्नपनि युवाहरुले नेतृत्व लिनुपर्ने बर्दिबास-१ का सुदर्शन काफ्ले, वडा न.४ का हरि काफ्ले बताउँछन् ।
यसैबीच नेपाली कांग्रेसले जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकामा केही वडाहरुमा उम्मेदवार टुंगो लगाएत पनि अन्य पालिकाहरुमा प्रक्रियामा नै छ । नेपाली कांग्रेसका नेता चिरिन्जिवी हमालका अनुसार शनिबार बेलुकासम्म उम्मेदवार टुंगो लगाएर सिफारिस भएका नामहरु जिल्लामा बुझाउने कार्यक्रम छ । यता नेकपा एमाले भने अझै अलमलमा छ । अाकाक्षीहरुको संख्या अत्याधिक भएको कारणले उम्मेदवार टुंगो लगाउन नसकिएको नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले जानकारी दिए ।
















पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया