जनकपुर कांग्रेसका नगरसभापति भन्छन– मेयर उपमेयरमा कांग्रेसलाई नदिए गठबन्धन मान्दैनौँ

धनुषा । जनकपुरधामका नगर सभापति मनोज साहले पाँच दलीय गठबन्धनले मेयर र उपमेयरका नेपाली कांग्रेसलाई छाडनु पर्ने अडान राखेका छन । मेयर र उपमेयर कांग्रेसलाई नदिए गठबन्धनबाट अलग्गिएर कांग्रेस एक्लै निर्वाचनमा लडने पनि उनले घोषणा गरेका छन् ।
‘राजनीतिक संयन्त्रको बैठकमा जनकपुरको मेयर र उपमेयर नेपाली कांग्रेसले पाउनुपर्छ भनेर पार्टीको निर्णय सुनाएको छु, उपेन्द्रजीको पार्टी जसपा नेपालले अस्विकार गरेको छ,’ साहले न्युज कारखानासँग भने, ‘ मेयर र उपमेयर नपाए कांग्रेस एक्लै निर्वाचनमा होमिनेछ ।’ उनका अनुसार २५ वटा नै वडामा अध्यक्ष र सदस्य उम्मेदवारको हकमा गठबन्धन गर्न भने कांग्रेसको मञ्जुरी रहनेछ ।
‘गत निर्वाचनमा कांग्रेसले ११ हजार बढी मत ल्याएको थियो’, साहले अगाडी भने, ‘यो जनमतलाई अपमान हुने गरी निर्णय हुन खोजेमा गठबन्धनवाट कांग्रेसले विद्रोह गर्नेछ ।’ गत निर्वाचनमा मेयरका उम्मेदवार भएर पराजित भएका साहलाई पुनः मेयरमा उठाउने जनकपुर कांग्रेसको तयारी छ ।















मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल
विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
प्रतिक्रिया