अतिक्रमणमा साइकल लेन (फोटोफिचर)

काठमाडौं । साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् ।
अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल,झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ ।
निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यस प्रकारको अव्यबस्थाले साइकल यात्रीहरुलाई निरुत्साही बनाएको छ । साइकलको सवारी तर्फ उच्च वर्गको रुचि बदलिदै गए पनि यस प्रकारको अवरोधले पुनः धुवाँ फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउदै जाने छ ।
यसै विषयलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले ललितपुर महानगरपालिका भित्र साइकल लेन बनाइएको बिभिन्न क्षेत्रमा पुगेर खिचेका तश्वीरहरु आजको फोटो फिचरमा ।

























त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
गृहमन्त्रीद्वारा काठमाडौँका कारागारहरूको निरीक्षण- सुधारका लागि निर्देशन
२३ सदस्यीय महिला फुटबल टोली घोषणा
कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया