सोमबार, पुष १४, २०८२

आज थप ९ जनामा मात्रै कोरोना पुष्टि

मेरोन्यूज २०७९ वैशाख ३ गते १७:१७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप नौ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । कूल चार हजार ४३ जनामा गरिएको नमूना परीक्षणमा ९ जनामा मात्रै कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४४ जना संक्रमित निको भएका छन् । यस्तै, आज कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या चार सय रहेको छ ।

प्रतिक्रिया