मंगलबार, माघ १३, २०८२

भरतपुर महानगरमा मेयर छाड्ने प्रधानमन्त्री देउवाको संकेत

मेरोन्यूज २०७९ वैशाख ३ गते २०:४०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरको मेयरको उम्मेदवार छाड्ने संकेत गरेका छन् । उनले सत्ता साझेदारी नेकपा माओवादी केन्द्रलाई मेयर उम्मेदवार छाड्ने संकेत गरेका हुन् ।

प्रधानमन्त्री देउवालाई शनिबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा नेताहरूले भरतपुरको मेयर छाड्न नहुने बताएका थिए । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मेयरमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन नगरे मित्रवत प्रतिस्पर्धा गर्नु पर्ने बताएका थिए ।

यस क्रममा सभापति देउवाले भरतपुर नगरको मेयर माओवादीलाई नै दिने संकेत गरेका थिए ।

प्रतिक्रिया