स्याङ्जाको डाँडाखर्कमा जीप दुर्घटना, ५ जनाको मृत्यु

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । विहान साँढे १० बजे जीप दुर्घटनामा परेको हो ।
जीपमा सवार ११ मध्ये ४ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङमा कार्यरत एक प्रहरीले जानकारी दिए । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।
२ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ ।
घटनास्थलमा रहेका पत्रकार प्रकाश डुम्रेका अनुसार, गाडी फिरफिरे स्कुल यताको माथिल्लो सडकबाट तल्लो सडकमा पछारिएर खरबारीमा पुगेको थियो ।
तल्लो सडकबाट झण्डै १०० मिटर तल खरबारीमा गाडी चिलाउनेको रुखमा अड्किएको छ ।
घटनाबारे पत्रकार प्रकाश डुम्रे भन्छन् :-
केही दिन यता गाउँमा नै भएकोले घटना घटेको ७/८ मिनेटमा दुर्घटनास्थलमा पुगेको थिए । घटनास्थल पुग्दा घाइतेको रुंवाबासी थियोे,घाइते छट्पटी रहेका थिए । कतै पानी- पानी कतै बचाउ- बचाउ भनिरहेका थिए ।
सबै चिनेका दाईहरु भाउजुहरुको अनुहार छ । घटनास्थलबाट प्रहरी लाई खबर गरे,एम्बुलेन्सलाई खबर गरे,वालिङ,झोलुङ्गे,बायाँटारी सबै तिर एम्बुलेन्सलाई फोन गरेर झण्डै ४५ मिनेट पछि यताउता सबै जुट्नु भयो । गाडी फिरफिरे स्कुल यताको माथिल्लो सडकबाट तल्लो सडकमा पछारिएर खरबारीमा पुगेको थियो ।
तल्लो सडकबाट झण्डै १०० मिटर तल खरबारीमा गाडी चिलाउनेको रुखमा अड्किएको छ ।
रगता्मय शरीर । कोहीको टाउकोमा,कोहीको अनुहारमा,कोहीलाई शरिरका विभिन्न भागमा चोट लागेको छ । अहिले सबैलाई निकालेर वालिङ स्वास्थ चौकी पठाईएको छ । गाडीमा ११ जना सबार हुनुहुन्थ्यो,गाउँकै गाडीमा वालिङ बजार जान हिडेका केही दाईहरुलाई गुमाएका छौँ । केहीको उपचार चलिरहेको छ ।
(यसअघि प्रकाशित समाचारमा असावधानीवश मृतकको संख्या ७ हुन गएकोमा गम्भिर क्षमायचना गर्न चाहान्छौं । सम्पादक)
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया