शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोटमा तनाव, ६ प्रहरी घाइते

काठमाडौं। नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यालयको शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिँएका हुन् ।
विद्यार्थीहरु आन्दोलनमा उत्रिएसँगै विद्यालय परिसर तनावग्रस्त बनेको छ । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेको प्रहरीको भनाई छ ।
विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल समेत जलाएको प्रहरीले जनाएको छ ।
दुव्र्यवहार गरेको आरोपमा सोही सिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्रेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको छ । विद्यार्थीहरुलाई लाठिचार्ज गरेर तितरवितर बनाउने काम भैरहेको प्रहरीले जनाएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया