धादिङको रुवी भ्याली सेर्तुङमा पहिलोपटक पुग्यो एम्बुलेन्स

धादिङ। धादिङको रुवी भ्याली गाउँपालिकाको सेर्तुङमा रहेको ग्रामीण अस्पतालमा एम्बुलेन्स सेवा संचालनमा आएको छ । यातायातको पहुँच पुग्न नसकेको जिल्लाको विकट क्षेत्र सेर्तुङमा अहिले सडक सञ्जाल पुगेपछि पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।
स्थानीय सरकार आएपछि निरन्तर सडक विस्तारको प्रयास गर्दा अन्तिम वर्षसम्म आइपुग्दा सडक सञ्जाल जोड्न सफल भएको गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले बताए ।
पहिले केही दुर्घटना वा विपदमा परेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गर्नुपर्ने तथा अप्ठ्यारो परिस्थिति झेल्नुपर्ने बाध्यता अब हटेको उपाध्यक्ष विना लामाले बताइन् ।
सडक नपुग्दा स्थानीयबासीलाई खाद्यान्न लगायत आधारभूत सामानहरू घरसम्म लैजान खच्चर तथा लामो बाटो मान्छेले नै बोकेर लानुपर्ने समस्या थियो ।
तर, अब यातायातको पहुँच पुगेसँगै धेरै सहज भएको स्थानीयले बताएका छन् । धेरै समय यातायातको पहुँच बाहिर रहेका सेर्तुङबासी अहिले गाउँमै सडक पुगेपछि खुसी भएका छन् ।
















लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी
जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
सेयर बजारमा सामान्य वृद्धि
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया