पीएसजीको मैदानमा मार्सेली दर्शकले प्रवेश नपाउने

काठमाडौं । फ्रेन्च लिग वानको बहुप्रतिक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क डे प्रिन्सेसमा राति साढे १२ बजे सुरु हुनेछ ।
तर, खेलमा मार्सेलीका समर्थकले भने प्रवेश पाउने छैनन् । पछिल्लो समय दुई क्लबका समर्थकबीच बढ्दै गएको तिक्तता र बैमनश्यता कारण पीएसजी घरेलु मैदानमा मार्सेली समर्थकलाई प्रतिबन्ध गरेको हो ।
पछिल्लो समय बढेको घटनाले आइतबारको खेलमासमेत प्राभावित बनाउन सक्छ भन्दै फ्रान्सेली गृहमन्त्रालयले पार्क डे फ्रिन्सेस जानेलाई २४ घण्टा अघि रोक लगाएको हो ।
सन् २०१८ यता दुई क्लबबीचको प्रतिस्पर्धामा एक अर्काका समर्थकलाई मैदान प्रवेशमा रोक लगाइएको छ । जारी लिगमा ३१ खेल खेलिसक्दा पीएसजी ७१ अंकसहित शीर्षस्थानमा छ । मार्सेली भने समान खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ । दुइ क्लबबीच १२ अंकको दूरी छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया