बुधबार, माघ १४, २०८२

उत्तर कोरियाले हान्यो जापानी समुन्द्रतर्फ २ क्षेप्यास्त्र

मेरोन्यूज २०७९ वैशाख ४ गते १८:०३

काठमाडौँ । उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले आइतबार उत्तर कोरियाले क्षेप्यास्त्र गरेको जनाएको हो ।

उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समयअनुसार करिब ६ बजे बजे (९ः०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो । दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् ।

प्रतिक्रिया