इन्डियन प्रिमियर लिग:चहलको ह्याट्रिक, बटलरको सतक र राजस्थानको जित
मेरोन्यूज
२०७९ वैशाख ६ गते ६:३२

काठमाडौंं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात पारेको छ ।
सोमबार राति मुम्बईमा राजस्थानको जितमा स्पिनर युजभेन्द्र चहलले ह्याट्रिक र जस बटलरको शतक प्रहार गरे ।
२१८ रनको विजयी लक्ष्य पाएको कोलकाता १९ ओभर ४ बलमा २१० रनमा समेटियो ।
कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए । आरोन फिन्चले ५८ रनको योगदान गरे ।
युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ५ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१७ रन बनायो ।
राजस्थानका जस बटलरले ६१ बलमा बिष्पोटक ब्याटिङ गर्दै १०३ रन बनाए ।बटरलको जारी सिजनमा दोस्रो शतक हो ।
कोलकाताका सुनिल नारायणले सर्वाधिक २ विकेट लिए ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया