मंगलबार, माघ ६, २०८२

उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत 

मेरोन्यूज २०७९ वैशाख ६ गते १३:२८

उदयपुर । उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार पक्राउ गरेको छ ।

ती किशोरीलाई सन्तोषले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

प्रतिक्रिया