आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग श्रीलंकाको अपिल

काठमाडौँ । गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ । छलफलका लागि आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिमा छ ।
आईएमएफसँग आर्थिक सहयोगका विषयमा भएको छलफल निकै सकारात्मक रहेको वित्तमन्त्री उनले बताए । उनले देशको आर्थिक संकट कम गर्न आफूहरूले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको बताए ।
पछिल्लो समय श्रीलंकाले विदेशी ऋण तिर्न सकेको छैन । यद्यपि, गत मंगलबार श्रीलंका सरकारले ५१ अर्ब डलर विदेशी ऋण तिर्ने घोषणा गरेको छ । श्रीलंकाको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको रहेको छ ।
श्रीलंका स्वतन्त्र भएपछि अहिले सबैभन्दा ठूलो अर्थिक संकटको सामना गरिरहेको छ । खाद्यान्न अभावसँगै ग्याँस, तेल र अत्यावश्यकीय बस्तुको अभाव तथा विद्युत आपूर्ति कटौती भएपछि सरकारको विरोधमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।
















गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया