चीनमा कोभिडः सांघाईमा तीन दिनमा १७ जनाको मृत्यु

बेइजिङ । चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।
तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।
पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्धरोगी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ ।
‘अस्पताल भर्ना भएपछि बिरामीहरु गम्भीर अवस्थामा पुगेका थिए । निस्प्रभावी उद्दार प्रयत्नपछि उनीहरुको मृत्यु भयो । मृत्युको मुख्य कारण दीर्धकालीन रोग हो’, सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ ।
यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् ।
















ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
नेपाल अमेरिकासँग पराजित
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया