२८ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान

काठमाडौं । प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २८ जना प्रहरी कर्मचारीहरुलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा उक्त महाशाखामा सञ्चलित प्रथम समूहअन्तर्गत उक्त तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले दक्ष कुशल दमकल, वाटरक्यानन् चालक तथा अपरेटर उत्पादन गरी संगठनले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न तालिम सहयोगी हुने बताए ।
नेपाल प्रहरी संगठनलाई आवश्यक पर्ने दक्ष दमकल तथा वाटरक्यानन् चालक तथा अप्रेटरहरूको कमिलाई परिपूर्ति गर्नका लागि उक्त तालिम गराइएकोले प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ(आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।
उक्त तालिममा प्रहरी सहायक निरीक्षक एक जना, प्रहरी वरिष्ठ हवल्दार तीनजना, प्रहरी हवल्दार सातजना, प्रहरी सहायक हवल्दार नौजना र प्रहरी जवान आठजना गरी कुल २८ जना प्रशिक्षार्थीहरूको सहभागिता थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया