२८ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान

काठमाडौं । प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २८ जना प्रहरी कर्मचारीहरुलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा उक्त महाशाखामा सञ्चलित प्रथम समूहअन्तर्गत उक्त तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले दक्ष कुशल दमकल, वाटरक्यानन् चालक तथा अपरेटर उत्पादन गरी संगठनले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न तालिम सहयोगी हुने बताए ।
नेपाल प्रहरी संगठनलाई आवश्यक पर्ने दक्ष दमकल तथा वाटरक्यानन् चालक तथा अप्रेटरहरूको कमिलाई परिपूर्ति गर्नका लागि उक्त तालिम गराइएकोले प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ(आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।
उक्त तालिममा प्रहरी सहायक निरीक्षक एक जना, प्रहरी वरिष्ठ हवल्दार तीनजना, प्रहरी हवल्दार सातजना, प्रहरी सहायक हवल्दार नौजना र प्रहरी जवान आठजना गरी कुल २८ जना प्रशिक्षार्थीहरूको सहभागिता थियो ।
















कैलाली – १ बाट रेशम चौधरीले दर्ता गराए उम्मेदवारी
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
प्रतिक्रिया