मंगलबार, माघ ६, २०८२

पल शाह प्रकरणः पीडित नाबालिगले नवलपुरमा पनि बयान फेरिन्

मेरोन्यूज २०७९ वैशाख ७ गते १८:१५

काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।

उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् ।

यसअघि अनुसन्धान अधिकारीसँगको बयानमा पीडित र जाहेरवाला दुवैले पलविरुद्ध बलात्कारको आरोप लगाएका थिए ।

Advertisement
thakur moters insidethakur moters inside

जिल्ला अदालतले अब बालिकाका बाबु र अरु साक्षीहरुको बकपत्र गराउनेछ ।

पीडितले पलविरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । मुद्दा पुर्पक्षका लागि कारागार पठाउने अदालतको आदेशपछि पल हाल जेलमा रहेका छन् ।

प्रतिक्रिया