कहिँकतै समस्या परे गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ : प्रचण्ड

धनगढी । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।
चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, कहिँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौं ।’
यद्यपि, ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए ।
‘गठबन्धनभित्र तालमेलमा अधितम जोड गर्ने, जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौं,’ उनले भने, ‘त्यही मर्म र भावनालाई आत्मसाथ गरेर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौं ।’
‘समस्या परेमा त्यस्तो ठाउँमा गठबधनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौं । तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन । प्राथमिताकता तालमेलमा हो,’ उनले भने, ‘तर, समस्या कहिँकतै पर्यो भने समस्या परेको ठाउँमा मित्रतापुर्ण प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो ।
प्रचण्डले नेपाली राजनीतिमा दुई ध्रुवीकरण देखा परेको बताए । हिजो प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध आन्दोलन गर्नेको शक्तिको परिवर्तन र अग्रगामी गठबधन रहेको बताउँदै उनले अर्को गठबन्धन परिवर्तन उल्ट्याउने कोसीस गर्नेहरूको रहेको बताए ।
















घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया