३३ वर्षअघि मुम्बईको कोठीमा महिला बिक्री गर्ने पुरुष पक्राउ
काठमाडौँ । जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका ३ बस्ने पर्सा साविक ठोरी गाबिस ९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले २०४६ भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बईको कोठीमा लगी बिक्री गरेको प्रहरीले जनाएको छ ।
सोही घटनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजनपश्चात पर्सा जिल्ला अदालतले २०६१ चैत १४ गते उनलाई १० वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका ३ मा लुकेर बस्दै बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।















सोविता गौतमले चितवन-३ बाट गराइन् उम्मेदवारी दर्ता
२८ खर्ब नाघ्यो सरकारी ऋण
सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी
प्रतिनिधि सभा सदस्य निर्वाचन : कतिले गराए उम्मेदवारी दर्ता ?
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया