बिहीबार, मंसिर ११, २०८२

आइरिनको अध्यक्षमा हेमन्त भट्टराई निर्वाचित

मेरोन्यूज २०७९ वैशाख ८ गते १६:१२

काठमाडौं । नेपाली खेलकुद प्रेमी हेमन्त भट्टराई इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभ्स इनिसिएटीभ नेपाल आइरिनको अध्यक्षमा निर्वाचित भएका छन् ।

भट्टराई आइरिको आठौं साधारणसभाबाट निर्विरोध निर्वाचित भएका हुन । उनकै अध्यक्षतामा आइरिनको नयाँ कार्यसमिती पनि चयन भएको छ ।

जसमा १० सदस्य रहेका छन । भट्टराईले यअसघि यो संस्थामा दुई दुई पटक सचिव र महासचिव पदमा काम गरेका थिए ।

नेपाली खेलकुद र खेल क्षेत्रसँग विशेष लगाव राख्ने भट्टराई अध्यक्ष बन्दा उपाध्यक्षमा रमा कँडेल, महासचिवमा योगेश क्षेत्री, सचिवमा मञ्जु धमला थापा, कोषाध्यक्षमा देवराज थापा छन ।

यस्तै साधारण सभाले चार जना सदस्यलाई पनि चयन गरेको छ । जसमा ओमप्रकाश उपाध्याय, लक्ष्मण योन्जन, सुजन थापा, डेभिड शाक्य छन ।

प्रतिक्रिया