बुधबार, माघ १४, २०८२

मेयरमा सिफारिस भएसँगै सांसद सुवेदीले दिए राजीनामा

मेरोन्यूज २०७९ वैशाख ८ गते १६:१२

काठमाडौँ । भरतपुर महानगरको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएसँगै नेकपा एमाले प्रदेश सांसद विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् ।

बागमती प्रदेशसभा सदस्य सुवेदीले आफू मेयरको उम्मेदवार भएसँगै राजीनामा दिएका हुन् ।

उनले बिहीबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रतिक्रिया