नेपालमा साढे २८ अर्बको चार हजार केजीभन्दा बढी सुन भित्रियो, कहाँबाट आउँछ सुन ?

काठमाडौं ।चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सुन नेपाल भित्रिएको हो । उक्त अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँमा ४ हजार ९४ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो एक वर्षमा नेपालले आयात गरेकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३ हजार ९२४ केजी सुन नेपाल भित्रिएको थियो ।
नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट आउने गरेको पाइएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्र युएईबाट २२ अर्ब ६ करोड २१ लाख ६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । सोही अवधिमा टर्कीबाट ५ अर्ब २८ करोड १८ लाख ४६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।












२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
आजदेखि रसुवागढी नाका सञ्चालनमा
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया