गृह मन्त्रालयले सुरु गर्यो किरात जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया

काठमाडौं । गृह मन्त्रालयले किरात जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ । पार्टीले विभिन्न आरोपमा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ता रिहाई र कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले किरात जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया मन्त्रालयले सुरु गरेको जानकारी दिए ।
उक्त पार्टी र त्यसबेला मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ गते चियावारी कटेजमा वार्ता सम्पन्न भएको थियो ।
वार्तापछि किरात वर्कर्स पार्टीका तर्फबाटसंयोजक साङकेन्मा किराती र प्रारम्भिक वार्ता उपसमितिको तर्फबाट संयोजक आनन्दप्रसाद ढुंगानाले हस्ताक्षर गरे ।
विभिन्न समयमा भएका अनौपचारिक वार्तापछि अहिले आफूहरूका विभिन्न आरोपमा थुनामा रहेका नेता कार्यकर्ता र लगाइएका मुद्दा फिर्ता लिएमा मूलधारको राजनीतिमा आउने र निर्वाचनमा सहभागी हुने बताएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।
गृह मन्त्रालय स्रोतका अनुसार विभिन्न आरोपमा पक्राउ परेका दर्जन नेता कार्यकर्ता थुनामा छन् भने आधा दर्जन बढी मुद्दा छन् । कानुन अनुरुप मिल्ने मुद्दा फिर्ता र नेता कार्यकर्ता रिहाइ प्रक्रिया सुरु भएको हो ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया