एससीटीद्वारा नयाँ लागो सावर्जनिक

काठमाडौँ । नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक अग्रणी भूमिका निर्वाह गरिरहेको एससीटी, स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्ना सेवामा सुधारको घोषणा गरेको छ । साथै, आफ्नो नयाँ लोगो सार्वजनिक गरिएको छ ।
नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ । एससीटी नेपाललाई पहिलोपटक बिल्कुल नयाँ इण्टग्रेटेड शेयर्ड स्विचिङ पेमेण्ट नेटवर्क र डोमेष्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथ प्रदर्शक रहेको छ ।
आज एससीटीले आफ्ना आयामलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवालाई एउटै छातामुनि एकीकृत गरेको छ । यसले दोहोरो इण्टरफेस, एटीएम र पीओएसको परस्पर सम्बन्ध, बीएफआइबीचको अन्तर सञ्चालन, अन्तर्राष्ट्रिय योजनाको गेटवे, विविधतापूर्ण भुक्तानी सेवा प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पुर्याएको छ ।
‘हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरू अगाडि ल्याउन पाउँदा हामी उत्साहित छौँ, नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले संकेत गर्छ,’ सीईओ नारायणप्रकाश भुजुले भने, ‘क्यान इन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिँदै आइरहेको ‘इभेन्टमा’ हाम्रो लोगो र सेवाहरू सार्वजनिक गर्नु यस इभेन्टभन्दा उचित अवसर अरू कुनै हुन सक्दैन ।’
सन् २००१ मा स्थापित एससीटी र एसीटी–नेटवर्कका रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजिज लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो ।















नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
प्रतिक्रिया