आइपीएल
दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा

काठमाडौं । दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति जितको लागि २२३ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रनमा समेटियो । दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए । रोभम्यान पावेलले ३६ रनको योगदान गरे ।
राजस्थानका प्रसिद्ध कृष्णले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो ।
राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित ११६ रन बनाए । यस्तै देवदत्त पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए ।
दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।
जितसंगै राजस्थानले सात खेलबाट ५ खेलमा जित सहित १० अंक बनाउदै शीर्ष स्थानमा छ । दिल्ली ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक बनाएर छैटौं स्थानमा छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया