तीन वडाध्यक्षसहित पोखरामा १५ जनप्रतिनिधिले दिए राजीनामा
पोखरा । पोखरा महानगरपालिकामा तीन जना वडाध्यक्ष र १२ जना वडासदस्यले राजीनामा दिएका छन् । यद्यपि, अहिले पनि राजीनामा बुझाउने काम जारी छ । महानगरको वडा नम्बर ८, २७ र ३३ का अध्यक्षले राजीनामा दिएका हुन् । वडा नम्बर ८ का रुद्रनाथ बराल, वडा नम्बर २७ का पूर्णबहादुर गुरुङ र वडा नम्बर ३३ का शिव आचार्यको दोहोरिने सम्भावना भएकाले राजीनामा दिएका हुन् ।
वडा नम्बर ३० की सदस्य रमा नेपाली, वडा नम्बर २७ की सरस्वती सार्की, १२ नम्बर वडाकी विष्णुमाया विक र देशभक्त केसीले पनि राजीनमा बुझाएका छन् । यस्तै, वडा नम्बर ७ का दिनबन्धु पौडेल र किशोर बराल, वडा नम्बर १७ की सदस्य राधिकाकुमारी शाही र तारा परियार, ३२ को विष्णु तिवारी लगायतले पनि राजीनामा दिइसकेका छन् ।
वडा नम्बर ८ कै किरण गौतम, वडा नम्बर १५ का पार्वती कार्की र मन्दिरा परियारले समेत मेयर मानबहादुर जिसीलाई राजीनामा पत्र थमाएका हुन् । उनीहरू सबैजसो दोहोरिन लागेका हुन् । यसबाहेक पनि अधिकांश जनप्रतिनिधिहरू दोहोरिने सम्भावना भएकोले राजीनामा दिने क्रम जारी छ । पार्टीले निर्णय गरेर टिकट दिने बित्तिकै पत्र बुझाउने तयारीमा जनप्रतिनिधिहरू छन् ।
















मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया