मेयर र उपमेयर उम्मेदवार टुंग्याउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
मेरोन्यूज
२०७९ वैशाख ११ गते ११:५१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
आइतबार देशभरि बिहान १० बजेबाट उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेपनि कांग्रेसले महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार नै छानेका छैनन् ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि उम्मेदवारबारे छलफल थालेपनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएकाले अहिले बैठक थालिएको हो ।
कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आजै घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । दिउँसो १ बजे सानेपास्थित कार्यालयबाटै घोषणा पत्र सार्वजनिक गर्ने पदाधिकारीले बताए ।
सम्बन्धित
















बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया