शुक्रबार, पुष १८, २०८२

सिम्याक्स र सेल्फ ड्राइभबीच सहकार्य

मेरोन्यूज २०७९ वैशाख ११ गते १४:३५

काठमाडौँ । नेपालका लागि बीवाईडी विद्युतीय गाडी बिक्रेता सिम्याक्स र सेल्फ ड्राइभबीच हस्ताक्षर भएको छ । यसका लागि सिम्याक्सका तर्फबाट सीईओ सहिल श्रेष्ठ र सेल्फ ड्राइभका तर्फबाट सीईओ रोशन पोखरेलले हस्ताक्षर गरेका हुन् ।

बीवाईडीको आधिकारिक विक्रेता सिम्याक्स इन्स प्रा।लि।ले सेवा शुरुसँगै सेल्फ ड्राइभले ५० वटा गाडी अर्डर गरेको कम्पनीले जनाएको छ । जुन नेपालमै पहिलोपटक यति ठूलो अर्डर भएको सिम्याक्सले जनाएको छ ।

यस्तै, बीवाईडी गाडीको चार्जिङ सुविधाका लागि काठमाडौँको गुहेश्वरीमा ४० किलोवाटको एसी फास्ट चार्जर जडान गरिएको छ ।

यो गाडी चीनमा सबैभन्दा बढी बिक्री हुने सवारी साधनहरूमध्ये पहिलो स्थानमा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया