१४ करोडभन्दा बढी मूल्यको हिरोइनसहित दुई पक्राउ
मेरोन्यूज
२०७९ वैशाख ११ गते १५:११
काठमाडौँ । करिब ७ किलो सेतो हेरोइनसहित विदेशी नागरिक पक्राउ परेका छन् । दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट काठमाडौँ ल्याएको उक्त हेरोइन प्रहरीले बरामद गरेको हो ।
वैशाख ३ मा कतार हुँदै नेपाल आएकी जाम्बियन नागरिक कापुटुला अविसर्गको साथबाट हेरोइन बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुई र जाम्बिया घर भएकी ३५ वर्षीया कापुटुलालाई पक्राउ गरेको हो ।
सुटकेशमा फल्स बटना बनाएर काठमाडौँसम्म ल्याएको उक्त हेरोइनको अवैध बजार मूल्य १४ करोड रुपैयाँ रहेको ब्यूरोले जनाएको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान थालेको छ ।
सम्बन्धित
















घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया