कोन्ज्योसोम गाउँपालिका कस्तोे थियो, कस्तो बन्यो !

ललितपुर । दुरीको हिसाबले धेरै टाढा हैन। सातदोबाटोदेखि जम्माजम्मी डेढ घण्टामा पुगिन्छ दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका। तर भौतिक रुपमा राजधानीसँग नजिक रहेको कोन्ज्योसोमले निकै पीडा खेप्यो। तामाङ समुदायको बाहुल्यता रहेको यो ठाउँका मानिसको पाँच वर्षअघिको जीवनशैली कर्णालीवासीको झै थियो।
झन्डै १९ वर्षको अन्तरालमा आएको स्थानीय सरकारले भने यो ठाउँको मुहार नै फेरिदियो। जनप्रतिनिधि स्थानीयका आशा र परिवर्तनका ढुकढुकी बने। जनप्रतिनिधिले नै गाउँपालिकाको विकटतालाई पाँच वर्षमै पार लगाउन सफल भए। गाउँपालिका अहिले निकै नै विकसित भइसकेको छ।
यो ठाउँलाई पाँच वर्ष पछाडि फर्केर हेर्दा भने धेरैलाई अचम्म लाग्न सक्छ, कस्तोबाट कस्तोमा परिणत भयो पालिका। जिम्मेवार जनप्रतिनिधिका कारण पालिकाले छोटो समयमै पछौैटेपनलाई हटाउन सफल भयो।
करिब ७ हजार केही बढी मतदाता यो गाउँपालिकामा छन् भने कोन्ज्योसोम पाँच वटा वडामा विभाजित छ। यहाँका जनताको आधारभूत आवश्यकता, जनजीविकालाई प्राथमिकतामा राखेकोले पालिका पाँच वर्षमै मुहार फेर्न सफल भएको हो। पछिल्लो पाँच वर्षमा यहाँका कृषि, स्वास्थ्य र शिक्षामा गाउँपालिकाले खेलेको भूमिका निकै महत्वपूर्ण मानिएको छ। किनभने पछिल्लो पाँच वर्षमा कोन्ज्योसोमले सहरी क्षेत्रका पालिकाले भन्दा गुणस्तरीय र प्रभावकारी काम गर्न सफल भएको छ।
दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका भौगोलिक रुपमा सुन्दर मानिन्छ। यहाँ साँस्कृतिक महत्वका ठाउँहरु प्रशस्त छन्। यो ठाउँ आर्थिक रुपमा सामान्य र राजनीतिक रुपमा मध्यम किसिमको छ। र सम्भावनाको हिसाबले भने यो एक सुन्दर स्मार्ट भिलेज बन्नलायक छ।
यो गाउँपालिकामा २०७४ को बैसाखमा भएको स्थानीय तहको निर्वाचनपछि नेकपा माओवादी केन्द्रको प्रतिनिधि गोपीलाल सिङ्तान अध्यक्षको रुपमा चुनिए। उनी आएपछि पालिकाको मुहारै फेरिएको छ। यहाँको जनताको सम्पूर्ण पक्षको विकाससहित समग्रमा पालिकाको गरिमा नै उच्च भएको छ। अध्यक्ष सिङ्तानले पाँच वर्षमा थुप्रै काम गर्न सफल भएका छन्, जसमध्येका केही कामहरु यहाँ उल्लेख गरिएको छ।
– मध्यमार्गी सडक द्रुत गतिमा निर्माण।
– चौघरे सिंगाने भञ्ज्याङदेखि दलचोकी गोठभञ्ज्याङसम्मको मोटरबाटो चौडा र स्तरोन्नति।
– कोन्ज्योसोम–५ भारदेउमा कोन्ज्योसोम प्रतिमा निर्माण।
– कोन्ज्योसोम चौघरेमा कोन्ज्योसोम गाउँपालिकाको प्रशासनिक भवन निर्माण।
– कोन्ज्योसोम–१ चौघरे सिंगाने भञ्ज्याङदेखि चौघरे स्वास्थ्य चौकी हुँदै कोन्ज्योसोम–३ दलचोकी गोठ भञ्ज्याङ जाने सडक करिब ४ किमि कालोपत्रे तथा ढलान।
– कोन्ज्योसोम–३ दलचोकीमा भ्यू टावर निर्माण।
– कोन्ज्योसोम–२ शंखुमा पालिकास्तरीय अस्पताल निर्माणाधीन अवस्थामा।
– कोन्ज्योसोम–२ शंखुमा निर्माणाधीन छ्योर्देन गुम्बा बनाउन आवश्यक पहलसहित सहजीकरण र प्रदेश सरकारसँग समन्वय।
– कोन्ज्योसोमा–२ शंखुमा रहेको कृष्ण प्रणामी मन्दिर स्तरोन्नति गर्न सहयोग। हाल प्रदेश सरकारबाट कृष्ण प्रणामी मन्दिरको लागि बजेट व्यवस्था।
– कोन्ज्योसोम–२ शंखुको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको लागि बजेटको व्यवस्था।
– कोन्ज्योसोमको चौघरेमा लिफ्टिङ खानेपानी आयोजना लगभग अन्तिम चरणमा।
– कोन्ज्योसोम, चौघरेमा पालिकास्तरीय खेलमैदान निर्माण।
– मध्यमार्गी सडकअन्तर्गत कोन्ज्योसोम–४ नल्लुबाट सडक स्तरोन्नति, चौडा र कालोपत्रे गर्ने कार्य सुरु।
– कोन्ज्योसोम–४ नल्लु पाथिभरा मन्दिर जाने सिंढी निर्माण।
– ललितपुरको कोन्ज्योसोम हुँदै काभ्रे जोड्ने सडक निर्माण।
– गुप्तेश्वर, नल्लु पाथिभरालगायत साँस्कृतिक महत्व बोकेका मठमन्दिर तथा गुफाको संरक्षण र पदमार्ग निर्माण।
– महाङ्काल गाउँपालिका–२ मानिखेल (कतुवन) देखि कोन्ज्योसोम–२ शंखु हुँदै बागमती गाउँपालिका–३ भट्टेडाँडा जोड्ने कृषि सडक निर्माण र स्तरोन्नति।
– पालिकाभित्रको सम्पूर्ण वडाको टोल–टोलसम्म सहायक सडक निर्माण।
– सडकको समस्याग्रस्त स्थानमा आवश्यक आरसीसी ढलान।
– मध्यमार्गी सडकअन्तर्गत चौघरे ठोस्नेखोलामा बेलिब्रिज (मोटरेवल पुल) निर्माण आरम्भ।
– कोन्ज्योसोम २ र ३ जोड्ने सिमलबोट र छापाकमा झोलुङ्गे पुल निर्माण।
– कोन्ज्योसोम गाउँपालिका र अन्य वडाहरुमा सुचना केन्द्रको स्थापना।
– पालिकामा नागरिक बडापत्रको व्यवस्था।
– कृषि पेशा र अन्य पेशा व्यवसाय गर्नेका लागि अनुदानको व्यवस्था।
– विपद र प्राकृतिक प्रकोपबाट पीडितको लागि राहत र सहयोगको व्यवस्था।
– स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार र व्यवस्थापन।
– शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गराउन प्रयास प्राविधिक शिक्षा र छात्रावासको व्यवस्था।
– सम्बन्धित पेशा व्यवसायलाई वैधानिकताको हिसाबले सञ्चालन।
– सुरक्षाको प्रत्याभूति गराउन चौघरेमा प्रहरी चौकी निर्माण।
– कोन्ज्योसोम वडा ३ दलचोकी सिलिङेबेशीदेखि क्वाक्लिङ, भैंसे हुँदै बागमती वडा ३ भट्टेडाँडा तीनपाने जोड्ने सडक निर्माणाधीन।
– ठोस्नेखोला करिडोर निर्माण।
– पालिकाभित्र सम्पूर्ण वडामा वैकल्पिक ऊर्जाअन्तर्गत करिब ३५० वटा सोलार बत्ती १ सेट बराबर करिब २०००० बराबरको सहयोग।
– गरिब तथा विपन्न वर्गका, एक्कल महिलालाई जीविकोपार्जनका लागि बाख्रा तथा कुखुरा वितरण,
– भैंसी प्रवद्र्धन (पकेट) कार्यक्रम ।
– मासु प्रवद्र्धनअन्तर्गत पाडापाडी कार्यक्रम ।
– गाई ब्लक कार्यक्रम ।
– किबी तथा चिया उत्पादन र प्रवद्र्धन कार्यक्रम।
– वित्तीय संस्थालाई संस्थागत गर्दै स्थापना तथा शाखा कार्यालय सञ्चालन गरी जनतालाई सेवा सुविधा दिन सहकारी तथा बैकसँग समन्वयकारी भूमिका।
– लेले चन्दनपुर मोटरबाटो, मध्यमार्गी मोटरबाटो र विर्खेधारा दलचोकी, शंखु इकुडोल हुँदै आश्रङ जोडिएको सडक स्तरोन्नति, चौडा र कालोपत्रे गर्न प्रदेशको मन्त्री तथा प्रदेश सांसदलाई चौघरेमा ल्याई छलफल गरेको र केन्द्र सरकार तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत ध्यानाकर्षण गराउँदै मागपत्र बुझाएको।
– वर्षायाममा बाढी तथा पहिरोको कारण बन्द भएका मोटरबाटो तत्काल स्वयं आफ्नै उपस्थितिमा मर्मत तथा सुचारु गराएको।
– कोरोनाको भयावह दोस्रो चरणमा चौघरेमा अस्थायी कोरोना केयर अस्पताल सञ्चालन गरेको।
– कोरोना समय र सुत्केरी बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको।
– भूकम्पपछिको पुनर्निर्माण द्रुत गतिमा गराएको अब अन्तिम चरणमा पुगेको र निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउन तयारीमा।
– आर्थिक बेरुजु अत्यन्तै कम र आर्थिक पारदर्शिता।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया