टेलिकमले सदर चिडियाखानाका जनावरलाई आहारा सहयोग गर्ने

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्री राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरेको छ ।
यससम्बन्धी सम्झौता पत्रमा आज टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलका तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीको समेत उपस्थिति थियो ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकको उपस्थिति हुने सदर चिडियाखानामा टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट प्राप्त सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिए ।
सम्झौताअनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीका लागि एक वर्षसम्म आहाराको व्यवस्था गर्न रकम उपलब्ध गराउने छ ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया