बिहीबार, माघ १५, २०८२

गठबन्धनको निष्कर्ष : अन्य दलसँग तालमेल गर्न नपाइने

मेरोन्यूज २०७९ वैशाख ११ गते २०:५५

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले पाँच दलभन्दा बाहिर गएर चुनावी तालमेल नगर्ने निष्कर्ष निकालेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार नेताहरूबीच पछिल्लोपटक चार बुँदे सहमति भएको हो । जसमा पाँच दल बाहिर तालमेल नगर्ने, भोलि मनोनयन अघिसम्म बाँडफाँड मिलाउने रहेका छन् ।

यसबारे भोलि गठबन्धन पार्टीका शीर्ष नेताहरूबीच छलफल गर्ने भएको छ । ‘पाँच दल बाहिर तालमेल नगर्ने, भोलि मनोनयन अघिसम्म बाँडफाड मिलाउन अधिक्तम कोशिस गर्ने, भोलि बिहान ८ बजे अध्यक्षहरू बसेर बाँकी मिलाउने र बिगत समझदारीलाई सबै पक्षले इमान्दारीका साथ पालना गर्ने,’ मल्लले भने ।

प्रतिक्रिया