काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्टिय जनमोर्चासहितको समर्थनमा सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।
सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीले लिने गरी सिट बाँडफाँड भएको थियो । उनी पनि नारावाजीसहित उम्मेदवारी दर्ताका लागि राष्टिय सभा गृह पुगेकी थिइन् ।
उनी भन्दा अगाडी एमालेका तर्फबाट पूर्व मेयर केशव स्थापितले उम्मेदवारी दर्ता गरेका थिए ।
को हुन् सिर्जना सिंह ?
सिर्जना सिंह गणेशमान र मंगलादेवी सिंह परिवारको सदस्य हुन् । उनको आफ्नै राजनीतिक पृष्ठभूमिसमेत रहेको छ । गोरखा बजारमा जन्मिएकी सिर्जना २०४२ सालमा गणेशमान परिवारमा भित्रिएकी हुन् ।
तर, राजनीतिक संघर्षको यात्रा भने उनले गोरखाबाटै सुरुवात गरेकी थिइन् । २०३३ सालमा कांग्रेसको सदस्यता लिएकी उनी त्यही वर्ष गोरखाको महिला संघकी सभापति बनेकी थिइन् ।
पेसाले केही समय उनले नर्सिङ काम पनि गरिन् । नर्सिङ पढ्दापढ्दै समाजशास्त्र पढ्न थालिन् । स्नातक पढ्दै गर्दा शंकरदेव कलेजमा उनी स्ववियुको कोषाध्यक्ष भएकी थिइन् । त्यतिबेला उनीसँग हालकी ऊर्जामन्त्री रहेकी पम्फा भुसालले प्रतिस्पर्धा गरेकी थिइन् । सिर्जनाले पछि त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा एमए गरिन् ।
प्रजातन्त्र स्थापनाका लागि वाम गठबन्धनमा भएको ०४६ सालको आन्दोलनको नेतृत्व गणेशमानले गरेका थिए र चाक्सीबारी त्यसको मुख्य केन्द्र बनेको थियो ।
सिंह पछिल्लो समय कांग्रेसको महिला संघको केन्द्ीय सल्लाहकार पनि छिन् ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया