कांग्रेस नेता सिटौलामाथि शर्मा हाबी : मेचीनगरको मेयरमा दुई पक्षका उम्मेदवारबीच विवाद (भिडियोसहित)

काठमाडौँ । नेपाली कांग्रेसले मेचीनगर नगरपालिकाको मेयरमा ईन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार बनाएको छ । प्रदेश समितिको निर्णय उल्ट्याउँदै कांग्रेस केन्द्रीय संसदीय बोर्डले बुढाथोकीलाई मेयरको उम्मेदवार बनाएको हो ।
प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकीलाई दिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले बुढाथोकी आधिकारिक उम्मेदवार भएको विज्ञप्ति नै प्रकाशित गरेका छन् ।
उक्त स्थान महामन्त्री विश्वप्रकाश शर्माको गृह नगरसमेत हो । तर, पाण्डे नेता कृष्णप्रसाद सिटौलानिकट हुन् ।
केन्द्रीय महामन्त्री शर्माको हस्तक्षेपमा बुढाथोकीलाई उम्मेदवार बनाइएको हो ।
उम्मेदवारी दर्ता गर्ने क्रममा पनि पाण्डे र बुढाथोकीबीच वादविवाद भएको थियो । मनोनयन दर्ता भर्ने ठाउँमा पाण्डेले पुष्पराज पौडेलले बोकेको फाइल नै खोसेका थिए । उम्मेदवारी दिने क्रममा दुवै नेताहरूले फारम भरेका थिए ।
















घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया