बुधबार, माघ १४, २०८२

कांग्रेसबाट ललितपुर मेयरमा महर्जनले दर्ता गरे उम्मेदवारी

मेरोन्यूज २०७९ वैशाख १२ गते १५:५५

ललितपुर । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आज दिउँसो उम्मेदवारी दर्ता गरेका हुन् ।

गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । जसमा उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा उनी ललितपुर मेयरमा निर्वाचित भएका थिए । उनी पुनः दोहोरिन खोजेका हुन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महानगरमा गर्नु पर्ने काम धेरै भएकाले आफूलाई निर्वाचित गराउन आग्रह गरे ।

प्रतिक्रिया