जनकपुरधाममा मेयरका लागि २१ जनाले दिए उम्मेदवारी
काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरको नगरप्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
दोस्रो दिन आज १९ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका हुन् । आइतबार पहिलो दिन दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए । उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरको नगरप्रमुख पदका लागि पार्टीले टिकट नदिँदा कांग्रेस, एमालेलगायत दलबाट स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् । केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका जानकीराम साह एमालेबाट पनि टिकट नपाएपछि स्वतन्त्र रुपमै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
एमालेका बयोवृद्ध नेता रामसेवक यादवले पनि स्वतन्त्र रुपमै उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका जनकपुरधाम नगरसमिति सभापति मनोज साहले पार्टी परित्याग गरी स्वतन्त्र रुपमा नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेले उपप्रमुखमा टिकट नदिएपछि उमेश चौधरीले स्वतन्त्र रुपमा उपप्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।














१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया