महशुल नबुझाएपछि काटियो उपमहानगरको विद्युत लाइन
दाङ । जिल्लाको तुलसीपुर उपमहानगरको कार्यालयमा विद्युतविहीन भएको छ । कार्यालयको विदुत काटिएको २४ घण्टासम्म विद्युत लाइन जोड्ने प्रयास नभएको हो ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले एक लाख ६० हजार विद्युत बक्यौता उपमहानगरले नतिरेको भन्दै कार्यालयमा जडान गरिएको विद्युत लाइन काटेको जनाएको छ । विद्युत महशुल बुझाउन पटक–पटक ताकेता गर्दा पनि कुनै जवाफ नआएपछि मंगलबार बिहान उपमहानगरको कार्यालयको विद्यतु लाइन काटिएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।
सडक बत्ती र कार्यालयको गरी विद्युत बक्यौता रकम करिब एक करोड पुग्दा पनि उपमहानगरले विद्युत महशुल बुझाउन कुनै चासो नदेखाएपछि विद्युत लाइन काट्नु परेको वितरण केन्दका प्रमुख ज्ञान बहादुर फर्सालले बताए ।
विद्युत महशुल रकम बुझाउन पटक–पटक पत्राचार गर्दा पनि उपमहानगरले कुनै प्रतिकृया नजनाएकाले बाध्य भएर विद्युत लाइन काट्नु परेको उनले बताए ।
‘हामीले पटक–पटक विद्युत महसुल बुझाउन पत्र मार्फत ताकेता गर्दै आएका थियौँ, उनले भने, ‘उपमहानगरले कुनै प्रतिकृया नदिएपछि बाध्य भएर विद्युत लाइन काट्नु परेको हो, समयमै महशुल बुझाइदिएको भए हामीलाई लाइन काट्नु पर्ने थिएन ।’
सडकबत्तीको पनि जरिवानासहित झण्डै एक करोड हुन थालेको फर्सालको भनाइ छ । पालिकाले गत साउन महिनामा सडकबत्तीको ३० लाख महशुल बुझाएको भए पनि अझै ९० लाख बुझाउन बाँकी रहेको उनले बताए ।

















१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया