जुम्लाका तीन पालिकामा विप्लव नेतृत्वको पार्टीबाट उम्मेदवारी दर्ता
जुम्ला । चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । उनीहरूले जुम्लाको कनका सुन्दरी, सिजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि उम्मेदवार दिएका हुन् ।
कनकासुन्दरी गाउँपालिकाको अध्यक्षका लागि कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । त्यस्तै, सिजा गाउँपालिकाको अध्यक्षका लागि यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’का प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, सिजा गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षका लागि शक्त सिंह रोकायाले उम्मेदवारी दिएका छन् । सोही वडा महिला सदस्यको लागि गंगा रोकायाले उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यस्तै, हिमा गाउँपालिका ६ वडाध्यक्षमा रमेश रावल, कमरेड (बिक्रन्तले) उम्मेदवारी दिएका छन् । उनले असक्षम, भ्रष्टाचारी तथा कमिसन खोर उम्मेदवारलाई रोजेका कारण जनताले दुःख पाएको बताए ।
















१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया