कर्मचारीको मिलेमतोमा हाइड्रोपावरमा चोरी गर्ने सात जना पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले क्ह्लोलासोथार गाउँपालिका-५ मा रहेको रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वैशाख ९ गते १ बजे रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्न लागेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ वर्षीय नरेशकुमार साह, भारत घर भई पोखरास्थित कवाडीमा काम गर्ने २२ वर्षीय रुपेश साह,तनहुँ म्याग्दी नगरपालिका-४ बस्ने ३३ वर्षीय तारा गुरुङ, जिल्ला धादिङ सिद्धलेख गाउँपालिका ५ वस्ने ४८ वर्षीय मनोज भन्ने मंगले घले, जिल्ला तनहुँ भिमाद नगरपालिका २ वस्ने ३० वर्षीय मनोज थापा र जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका ५ वस्ने २४ वर्षीय मनिष पुर्जासहित सात जना रहेका छन् ।
आयोजनाकै सवारी चालक ४६ वर्षीय आकाश भनिने दीलबहादुर घर्तीको संलग्नतामा चोरी भएको प्रहरीले जनाएको छ । घर्तीसहित घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा वस्ने ५० वर्षीय पन्नालाल साहलाई बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
भारत घर भई हाल पोखरा रत्नचोकमा रहेको कवाडीमा काम गर्ने नरेस कुमार साहले आयोजनाका फलामको पाइप काट्न लागि पोखराबाटै ट्रकसहित पाइप काट्ने उपकरण ल्याएका थिए ।
उनीहरूलाई ट्रक तथा फलाम काट्ने उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया