सरसफाई कर्मचारीसहित साढे दुई किलो सुन ल्याउने पाँच जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट करिब साढे दुई किलो सुनसहित पाँच जना पक्राउ परेका छन् । बिहीबार दुबईबाट काठमाडौँ आइपुगेका पाँच जनाको साथबाट दुई किलो ३३२ ग्राम सुन फेला परेको भन्सार विभागले जनाएको छ ।
हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत सरसफाई गर्ने भनी ड्यूटी खटिएका व्यक्तिहरूको साथबाट उक्त सुन बरामद गरेको हो ।
यस क्रममा पाँचथर याङवरक गाउँपालिका ४ का २८ वर्षीय भिम कुमार माबोले विमानको शौचालयभित्र फोहरसँगै रहेको सुनको बिस्कुट बाहिर ल्याएर फोहोर जम्मा गर्ने स्थानमा ल्याएका थिए । यस्तै, उनको सहकर्मी नुवाकोट तादी गाउँपालिका ५ का २७ वर्षीय सुमन तामाङसहित मिलेर आआफ्नो पर्समा राखेका थिए ।
सोही क्रममा गेटमा जाँच हुँदा माबोले बोकेको सुनको बिस्कुट करिब एक किलो १६६ ग्राम फेला परेको थियो । उक्त सुनको मूल्य ९७ लाख, ९६ हजार रुपैयाँ हुन आउँछ । यस्तै, तामाङले बोकेर ल्याएको सुनको बिस्कुट करिब एक किलो १६६ ग्राम तौल फेला परेको थियो । यसको मूल्य करिब ९७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
उक्त काममा सहयोग गर्ने उदयपुर लिम्चुङबुङ गाउँपालिका २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका २ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत विमानभित्र सरसफाई सप्तरी सुरुङ्गा नगरपालिका ४ का ३६ वर्षीय ताराकान्त चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
















इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया