सरसफाई कर्मचारीसहित साढे दुई किलो सुन ल्याउने पाँच जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट करिब साढे दुई किलो सुनसहित पाँच जना पक्राउ परेका छन् । बिहीबार दुबईबाट काठमाडौँ आइपुगेका पाँच जनाको साथबाट दुई किलो ३३२ ग्राम सुन फेला परेको भन्सार विभागले जनाएको छ ।
हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत सरसफाई गर्ने भनी ड्यूटी खटिएका व्यक्तिहरूको साथबाट उक्त सुन बरामद गरेको हो ।
यस क्रममा पाँचथर याङवरक गाउँपालिका ४ का २८ वर्षीय भिम कुमार माबोले विमानको शौचालयभित्र फोहरसँगै रहेको सुनको बिस्कुट बाहिर ल्याएर फोहोर जम्मा गर्ने स्थानमा ल्याएका थिए । यस्तै, उनको सहकर्मी नुवाकोट तादी गाउँपालिका ५ का २७ वर्षीय सुमन तामाङसहित मिलेर आआफ्नो पर्समा राखेका थिए ।
सोही क्रममा गेटमा जाँच हुँदा माबोले बोकेको सुनको बिस्कुट करिब एक किलो १६६ ग्राम फेला परेको थियो । उक्त सुनको मूल्य ९७ लाख, ९६ हजार रुपैयाँ हुन आउँछ । यस्तै, तामाङले बोकेर ल्याएको सुनको बिस्कुट करिब एक किलो १६६ ग्राम तौल फेला परेको थियो । यसको मूल्य करिब ९७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
उक्त काममा सहयोग गर्ने उदयपुर लिम्चुङबुङ गाउँपालिका २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका २ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत विमानभित्र सरसफाई सप्तरी सुरुङ्गा नगरपालिका ४ का ३६ वर्षीय ताराकान्त चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया