गभर्नर अधिकारीको कारबाही यथास्थितिमा राख्न आदेश
मेरोन्यूज
२०७९ वैशाख १६ गते १७:२८

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्च अदालतको यो आदेशसँगै उनले निरन्तर काम गर्न पाउने बाटो खुलेको छ ।
शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन निर्देशन दिएको हो ।
सर्वोच्चले वैशाख ६ गते गर्भनर अधिकारीलाई पदीय जिम्मेवारीमा फर्कन अन्तरिम आदेश जारी गरेको थियो । दुवै पक्षको छलफलपछि सर्वोच्चले शुक्रबार अन्तरिम आदेशलाई निरन्तरताको आदेश दिएको हो ।
यसअघि न्यायाधीश हरि फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश दिएका थिए ।
अब सर्वोच्च अदालतले मूल मुद्दामाथि सुनुवाइ गर्ने छ । त्यस समयसम्म गभर्नर अधिकारीले काम गर्न पाउने छन् ।
सम्बन्धित

















१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया