शुक्रबार, पुष १८, २०८२

गभर्नर अधिकारीको कारबाही यथास्थितिमा राख्न आदेश

मेरोन्यूज २०७९ वैशाख १६ गते १७:२८

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्च अदालतको यो आदेशसँगै उनले निरन्तर काम गर्न पाउने बाटो खुलेको छ ।

शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन निर्देशन दिएको हो ।

सर्वोच्चले वैशाख ६ गते गर्भनर अधिकारीलाई पदीय जिम्मेवारीमा फर्कन अन्तरिम आदेश जारी गरेको थियो । दुवै पक्षको छलफलपछि सर्वोच्चले शुक्रबार अन्तरिम आदेशलाई निरन्तरताको आदेश दिएको हो ।

यसअघि न्यायाधीश हरि फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश दिएका थिए ।

अब सर्वोच्च अदालतले मूल मुद्दामाथि सुनुवाइ गर्ने छ । त्यस समयसम्म गभर्नर अधिकारीले काम गर्न पाउने छन् ।

प्रतिक्रिया