लागू औषधसहित युवक पक्राउ
मेरोन्यूज
२०७९ वैशाख १६ गते १८:३१
काठमाडौँ । सप्तरीमा लागू औषधसहित बिहीबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बोदेबर्साइन नगरपालिका ९ देउरीका १९ वर्षीय शंकर यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएका प्रहरीले लागू औषध घरमा बेच्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यादवको साथबाट नाइट्राभेट १० लेखिएको ट्याबलेट एक हजार २५० पिस, डाइजेपाम इन्जेक्सन ७५० एम्पुल, फेनेरागन ७५० एम्पुल, नुफिन इन्जेक्सन ७५० एम्पुल फेला परेको छ ।
उनीमाथि लागू औषध कारोबार सम्बन्धित मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए ।
सम्बन्धित
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया